२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेप्से परिसूचक ९ अंकले घट्यो

Nada
२०८२ वैशाख ९ गते १६:३७
Shares
नेप्से परिसूचक ९ अंकले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ दशमलव ९६ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।

ncell

आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन समूह एक दशमलव १८ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ४४ अर्ब ६० करोड ३७ लाख ९४६ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्टेष्टमेन्ट फन्ड–२ को १८ लाख १७ हजार १७५ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित खबर