२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपाल लाइफद्वारा ‘सेल्स ट्रान्स्फरमेशन सेसन’ सम्पन्न

Nada
२०८२ वैशाख ९ गते २१:१५
Shares
नेपाल लाइफद्वारा ‘सेल्स ट्रान्स्फरमेशन सेसन’ सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकदिवसीय ‘सेल्स ट्रान्स्फरमेसन सेसन’ सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१÷८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

ncell

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रीहरूलाई धन्यवाद दिएका थिए । उनले जीवन बीमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको बताए ।

कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तताप्रदान गर्न अहोरात्र खटिने कर्मचारीहरू, अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरू सहभागी थिए ।

सम्बन्धित खबर