२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै

draupadi film
मध्यान्ह
२०८२ वैशाख १० गते ११:४५
मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै

कास्कीः निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो । ‘अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ ’, आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने । चालू आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ । 

‘सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ । नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौँ’, सुवेदीले भने । निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित रु ४८ करोडमा सडक निर्माणको सम्झौता भएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise