२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

shivam cement
२०८२ वैशाख १० गते २०:५४
साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

काठमाडौं : नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ । सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको हो ।

यसमा पाँच वर्षसम्म शून्य सर्भिसिङ मूल्यको सुविधा ग्राहकले पाउनेछन् । यसअन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन् । जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्टलगायतका कन्जुमेबल समावेश हुने कम्पनीले जनाएको छ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिकाअनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुनेछ । 

त्यसैगरी १० वर्ष वा दुई लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीको सुविधा पनि अभियानमा छ । यसअनुसार प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा दुई लाख किलोमिटरमध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउने जनाइएको छ ।

यो विशेष ०–५–१० अभियान यही वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुने र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागू हुने कम्पनीले उल्लेख गरेको छ । साइमेक्स इंकका नेशनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशकसम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौँ, ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो ।’

ADV

ताजा खबर

सम्बन्धित खबर