सप्तरी : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा द्वन्द्व निम्त्याएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले सप्तरीको राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष यादवले पत्रकारहरुसँग कुरा गर्दै मुलुकमा द्वन्द्व निम्त्याएकाले ओलीको पतन निश्चित भएको दाबी गरेका हुन् । अध्यक्ष यादवले संसद पुनःस्थापनको बिकल्प नभएको पनि बताए ।
उनले मधेसी समुदायको हक हितका लागी अझै संघर्ष गर्न बाँकी रहेको समेत बताए । प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले राजविराजमा जनसभा राखेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies