२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

दैनिक १२ हजारभन्दा बढीलाई विगेन थर्मल थेरापी सेवा प्रदान

ADV
मध्यान्ह
२०८१ असार २१ गते २१:११
दैनिक १२ हजारभन्दा बढीलाई विगेन थर्मल थेरापी सेवा प्रदान

काठमाडौं : विगेन नेपालले आफ्नो स्थापना दिवसको १० औं वार्षिकोत्सव मनाएको छ । सनराइज सम्मेलन केन्द्र गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो ।

२०७२ सालमा स्थापना भइ माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ । 

विगेन नेपालको १०औं वार्षिकोत्सव समारोह उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अंगहरुको प्रभावकारी उपचार प्रदान गर्दछ ।

विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरुमार्फत तराईदेखि हिमालय क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ । 

विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ । 

नियमित प्रयोगबाट हिँड्डुल गर्न नसक्ने, शारीरिक दुखाई भएका, कष्टकर जीवन बिताइ रहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस् खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको विगेन नेपालले जनाएको छ ।  
स्वास्थ्य लाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसकी घरमै लगेर उपकरण प्रयोग गर्ने सेवाग्राहीले उपकरण खरिद गर्ने गरेका छन् । उपकरण बिक्रीबाट प्राप्त हुने आम्दानीबाट नै निरन्तर निःशुल्क सेवा प्रदान गर्दै आएको विगेन नेपालले जनाएको छ । सेन्टर आउनेहरुको भने थेरापी सेवा निःशुल्क प्रदान गर्ने गरिएको जनाएको छ । 

स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने चिकित्सक, कलाकार, संचारकर्मी, सामाजिक र साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई संस्थाले अभिनन्दन गरेको छ ।

वार्षिकोत्सव समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ गायककार मुरलीधर र वरिष्ठ सञ्चारकर्मी ऋषि धमलालगायतलाई प्रशंसापत्रसहित अभिनन्दन गरिएको छ । 

कार्यक्रममा कोरियन मेडिकल ग्रुपका ग्लोबल अध्यक्ष चुङ सिंग्जा हुनको पनि सहभागी रहेको थियो । वार्षिकोत्सव समारोहमा करिब पाँच दर्जन जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको छ ।  वार्षिकोत्सव समारोहमा विगेन थर्मल थेरापी सेवा लिइरहेका ५ हजारभन्दा धेरैको सहभागिता रहेको थियो । 

उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले विगेन नेपालको आगामी यात्रा अझ प्रभावकारी हुन सकोस् र सेवा भावले सार्थकता पाओस् भनी शुभकामना व्यक्त गरेका थिए । मन्त्री श्रेष्ठले चावहिलमा रहेको सार्वजनिक सेवा केन्द्रमा गएर विगेन थेरापीको सेवा आफूले पनि लिएको जानकारी गराए । आफूले विगेन थेरापीको लाभ लिएको बताए । 

‘प्रकाश श्रेष्ठको नेतृत्वमा विगेन नेपालले समाज सेवाको अतुलनीय उदाहरणसहित अभियान चलाएको छ । यो साँच्चै नै प्रसंशनीय र गौरवको कुरा हो,’ उनले भने । 

विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सबै आमाबाबुलाई आफ्नै सम्झिर सेवा प्रधान गरेको बताए । उनले सेवामार्फत देशभर हजारौं आफन्त कमाएको स्मरण गरे । उनले देशमा नै बसेर सेवामुखी काम गर्नुपर्छ भनेर विगेन थेरापी सेवा सञ्चालनमा ल्याएको बताए । देशभर १५ लाखभन्दा धेरैलाई सेवा दिइसकिएको उनले बताए । 

नेकपा (एमाले)का नेता तथा सांसद एलपी सावा लिम्बुले नेपालमा केही हुँदैन भनेर विदेशिनेको लर्को चलिरहेको अवस्थामा विगेन नेपालले प्रशंसनीय काम गरेको बताए ।

यसले नेपालको विकासमा टेवा पुर्‍याउने उनले बताए । दैनिक १२ हजार जनाले निःशुल्क सेवा लिने कुरालाई मामुली सम्झिन नहुने उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले एक जना व्यक्तिको पहलमा देशभरमा विगेन थर्मल थेरापी उपचार प्रदान गरेको भन्दै प्रशंसा गरिन् । 

उनले विगेन नेपालका अध्यक्ष श्रेष्ठले देशभर निःशुल्क रुपम सेवाग्राहीलाई थर्मल थेरापी प्रदान गर्न सक्दा सरकारले किन गर्न सकिरहेको छैन भन्ने प्रश्न उब्जिएको बताइन् । विगेन नेपालबाट सरकारले सिक्नुपर्ने र मनन गर्नुपर्ने धेरै कुराहरु रहेको उनको भनाइ छ । 

पत्रकार धमलाले विगेन नेपालका अध्यक्ष श्रेष्ठले समाज सेवा के हो ?, भन्ने कुरा प्रमाणित गरेर देखाएको बताए । मानिसको जीवनमा सबैभन्दा ठूलो धन स्वास्थ्य रहेको बताउँदै पत्रकार धमलाले विगेन नेपालले धेरैलाई स्वास्थ्य सेवा प्रदान गरेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise