२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

प्लान्ट क्वारेन्टिनको शाखा स्थापनाको माग राख्दै गौर भन्सारमा छैंटौं दिन पनि धर्ना जारी

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख १२ गते १४:४२
Shares
प्लान्ट क्वारेन्टिनको शाखा स्थापनाको माग राख्दै गौर भन्सारमा छैंटौं दिन पनि धर्ना जारी

रौतहट : गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापनाको माग गर्दै शुक्रबार छैटौं दिन पनि व्यापारी एवं व्यवसायीहरुले धर्नालाई निरन्तरता दिएका छन् ।

स्थानीय अगुवा व्यापारी व्यासायी कौशल साहको नेतृत्वमा व्यवसायीहरु शुक्रबार छैटौं दिन १२ बजेदेखि २ बजेसम्म गौर भन्सार कार्यालयको मुख्य गेटमा धर्नामा बसेका हुन् ।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले व्यवसायीहरुको उचित मागलाई राज्यले बेवास्ता गरिरहँदा आफूहरु व्यवसायीकै हितमा काम गर्ने भएकाले ऐक्यबद्धता जनाउँदै धर्नामा बसेको बताए ।

प्लान्ट क्वारेन्टिन खाद्यान्न परीक्षण गर्ने कार्यालयको अभावमा यहाँका व्यापारीहरुलाई वीरगञ्जको बाटो भएर प्याज, आलु, फलफूल, चामललगायतका खाद्यान्न सामग्री ल्याउँदा चर्को ढुवानी खर्च पर्ने र जसका कारण महँगो हुँदा व्यापार गर्न चुनौति रहेकाले गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा अनिवार्यरुपमा स्थापना गरेर यहाँ खेर गइरहेका राजस्वलाई सदुपयोग गर्न समेत संघका अध्यक्ष जयसवालले सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।

चैत ३१ गते भन्सार कार्यालय प्रमुखमार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिँदै व्यापारी कौशल साहले वैशाख ७ देखि १५ गतेसम्म धर्ना बस्ने र माग सुनवाइ नभए वैशाख १६ गते गौरका बजार क्षेत्र बन्द गराएर भन्सार कार्यालयमा अनिश्चितकालीन ताला लगाउने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर