२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

गगनलाई धन्यवाद दिँदै वर्षमान पुनले भने- ढिलै भएपनि सत्य बोल्नुभयो

मध्यान्ह
२०८२ वैशाख १२ गते १५:१३
गगनलाई धन्यवाद दिँदै वर्षमान पुनले भने- ढिलै भएपनि सत्य बोल्नुभयो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई धन्यवाद दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्दै पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने थापाको अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका हुन् । 

महामन्त्री थापाले गत वैशाख २ गते काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुग्ने गरेको दाबी गरेका थिए ।

प्रतिनिधिसभामा पुनले भने, 'हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए। तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ । यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन। आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ ।'

ADV

सम्बन्धित खबर