२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

दराज नेपालद्वारा नयाँ अप्सन : ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी

shivam cement
२०८२ वैशाख १२ गते २०:२६
Shares
दराज नेपालद्वारा नयाँ अप्सन : ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी

काठमाडौं : अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्सनका रूपमा ‘च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । उक्त अप्सनमार्फत् उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका एक हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्ने जनाइएको छ ।

ती उत्पादनहरूको न्यूनतम् मूल्य एक सय ३० रुपैयाँदेखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरूको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ । ‘च्वाइसले एकै कार्ट र एकै वेयर हाउस प्रणालीमार्फत् किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । उक्त प्रणालीले एकैपटक धेरै सामग्री किन्न, एक देखि तीन दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा तीन वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउने जनाइएको छ ।

साथै, चार वा सो भन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन् । त्यसैगरी, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीति, र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्यास सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

दराजको पे डे सेल (अप्रिल २५ देखि २९ सम्म) सँगै सुरू गरिने ‘च्वाइस’ मा ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, तथा हेल्थ एण्ड ब्यूटी लगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमी लगायत पृथक तथा ट्रस्टेड ब्रान्डहरू मध्यबाट छानिएका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर