२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीरेन्द्रनगरमा संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम शुरु

ADV
कुलेन्द्र शाही
२०८१ असार २२ गते १२:३५
वीरेन्द्रनगरमा संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम शुरु

सुर्खेत : शनिवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजन तथा संसदीय मामिला पत्रकार समाज कर्णालीको समन्वयमा उक्त कार्यक्रम शुरु भएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल शर्माले पत्रकारिता ज्ञानको विषय भएको बताए ।  उनले पत्रकारलाई संविधान हेरेर जनप्रतिनिधिको समाचार लेख्नु सुझाव दिए । 'पत्रकारिता ज्ञानको विषय हो' उनले भने, 'यदि ज्ञान नै नभए कसरी समाचार लेख्न सकिन्छ र ?'

'कर्णालीकै ऐनकानुन हेरेर ज्ञान लिनुभयो भने तपाईंहरूलाई नै सजिलो हुन्छ । 'उनले भने, 'जनप्रतिनिधिले ऐन कानुनअनुसार काम गर्नुभएको छ कि छैन त्यही अनुसार समाचार लेख्न सकिन्छ ।'सचिव शर्माले संसदीय रिपोर्टिङको आधार राम्रो भएको हुँदा लिएको तालिमलाई सही ठाउँमा प्रयोग गर्न आग्रह गरे ।

पत्रकारले लेखेको कुराले बन्द भएको आँखा खुल्ने विश्वास उनको छ । कार्यक्रममा संसदीय पत्रकारिताको इतिहास र विकासक्रम, चौथो अंगको अवधारणा र संसदमा पत्रकारको भूमिकालगायतका विषयमा छलफल हुनेछ । कार्यक्रममा कर्णालीका पत्रकारहरुको उपस्थिति रहेको छ । कार्यक्रम भोलि (आइतवार) सम्म चल्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise