२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ओलीको निजी सुरक्षामा खटिँदै आएका इन्स्पेक्टर थापाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार २२ गते १३:१८
ओलीको निजी सुरक्षामा खटिँदै आएका इन्स्पेक्टर थापाको मृत्यु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-९ गुण्डुस्थित आफ्नै घरमा सुतेका उनी अस्वथ्य भएपछि गएराति परिवारले अस्पतालमा लगेका थिए । उनलाई भक्तपुर अस्पताल पुर्‍याइएलगतै चिकित्सकले मृत घोषणा गरेको थियो ।

४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघातको कारण मृत्यु भएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए । अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेपनि पोस्टमार्टम रिपोट नआई थप भन्न नसकिने उनले बताए । घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise