२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अब चौरजहारीबाटै स्मार्ट लाइसेन्स

ADV
प्रचण्ड खत्री
२०८१ असार २२ गते १५:५४
अब चौरजहारीबाटै स्मार्ट लाइसेन्स

रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण कार्य शुरु गरेको छ । कार्यालयले जिल्लाबाटै चालक अनुमति पत्रका लागि अनलाइन फारम भर्न, सवारी साधन दर्ता तथा नामसारी, सवारी साधन ब्लुबुक नवीकरणदेखि २ पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनको लिखित तथा प्रयोगात्मक परीक्षाको सेवासमेत दिँदै आएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा शुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । चौरजहारीबाट नै स्मार्ट लाइसेन्स वितरण तथा नवीकरणको कार्य शुरु भएसँगै पूर्वी रुकुम, जाजरकोट, सल्यान, दैलेख, डोल्पालगाउतका जिल्लाका सेवाग्राहीहरुलाई सेवा लिन सहज भएको कार्यालय प्रमुख आनन्द चपाईले बताए ।

चौरजहारी नगरपालिका वडा नम्बर २ को वडा कार्यालय नजिकै रहेको यातायात व्यवस्था कार्यालयले सोही वडाको भेरी नदीको माथिल्लो भागमा रहेको छोटेवगरमा सवारी साधनको प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ । कार्यालयमा १५ सय ११ वटा स्मार्ट लाइसेन्स प्राप्त भएको र वितरण कार्य शुरु गरिएको सूचना अधिकारी देबबहादुर चन्दले बताए । 

कार्यालय स्थापना भएर सेवा प्रवाह भएसँगै करिब २ करोड ५० लाख बराबरको राजस्वसमेत कार्यालयले संकलन गरेको छ । कार्यालयको आफ्नै भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise