२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

'मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४' : सञ्जिला र विजयालाई उपाधि

Nada
२०८१ असार २२ गते १७:५२
Shares
'मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४' : सञ्जिला र विजयालाई उपाधि

काठमाडौं : ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’को ग्राण्ड फिनाले असार २० गते राष्ट्रिय नाच घर जमल काठमाडौंमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिस ब्युटीफुल नेपाल’को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’को आठौं संस्करण सम्पन्न भएको हो ।

ncell

सञ्जिला तामाङले मिस ब्युटीफुल र विजया अधिकारीले मिसेस ब्युटीफुलको उपाधि जितेका छन् । प्रतिस्पर्धाबाट मिस ब्युटीफुलतर्फ विपना मल्ल फष्ट रनरअप, ईश्वरी हमाल ठकुरी सेकेण्ड रनरअप र पब्लिक च्वाइस, जेलिना भट्टराई मष्ट पपुलर, सञ्जिला तामाङ मष्ट ट्यालेन्ट घोषित भए ।

त्यसैगरी मिसेस ब्युटीफुलतर्फ रमिता बज्राचार्य फष्ट रनरअप, रितु रौनियार सेकेण्ड रनरअप, विजया अधिकारी पब्लिक च्वाइस, मष्ट पपुलरसमेत बनिन् । ग्राण्ड फिनालेमा दुबै समूहका आठ÷आठ गरी १६ सहभागीले भाग लिएका थिए ।

प्रतिस्पर्धाको जजमा कलाकारहरु सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ रहेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईं, एमेन्टोज पार्टनरका सीईओ डेबिल सिंह राजपुत, मिस ब्युटीफुल नेपाल २०२१ की फस्ट रनरअप मेकअप आर्टिष्ट गीता उप्रेती, मिसेस ब्युटीफुल नेपाल २०२० की विजेता मेकप आटिस्ट उर्मिला भण्डारी, सफल व्यवसायी सिमा नेपाल, मिस ब्युटीफुल नेपाल २०२० की सेकेन्ड रनरअप समाजसेवी अस्मिता भट्ट, मिसेस तामाङ २०२३ की विजेता समाजसेवी सरिता तामाङ, मेकअप आर्टिष्ट राधिका दंगाल, आयुर्वेद चिकित्सा उद्यमी तथा सामाजिक अभियन्ता पर्शुराम चौहान (प्रह्लाद), वरिष्ठ आयुर्वेद चिकित्सक डा. लक्ष्मण पौडेल, फ्लाइटेक इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक शारुक हुसेन, समाजसेवी महिमा पोखरेल, ब्युटीसियन तथा समाजसेवी निकिता पाण्डे, युवा व्यवसायी बलराम कार्की, कलाकर्मी, व्यवसायी तथा समाजसेवी रमेश श्रेष्ठ, मेकअप आर्टिष्ट चाँदनी घिमिरे, मेकअप आर्टिष्ट चित्रकला पौडेल, सौन्दर्यकर्मी अप्सरा हायु र पुर्णायु आयुर्वेद हस्पिटललाई सम्मान गरिएको थियो । 

दक्ष इन्टरनेशनलका प्रमुख एवम् कार्यक्रम संयोजकसमेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा, संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलगायतको आतिथ्यता रहेको थियो ।

लामो समयदेखि सौन्दर्यक्षेत्रमा जमेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको आफ्नो इभेन्ट कम्पनी दक्ष इन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको कार्यक्रमको प्रायोजकमा पूर्णयु आयुर्वेद अस्पताल, काबेरी इन होटल, पाकशाला रेस्ट्रो बार र होटल रहेका छन् ।

कार्यक्रमको व्यवस्थापकमा सौन्दर्यकर्मी गीता उप्रेती, निर्देशकमा टेकराज पाण्डे, कोरियोग्राफरमा रोशनी चन्दलगायत रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर