२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

व्यवसायी रावलसँग मोना कतारको अन्तरक्रिया

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २२ गते २०:५३
व्यवसायी रावलसँग मोना कतारको अन्तरक्रिया

दोहा, कतार : कतार भ्रमणमा रहेका व्यवसायी तथा समाजसेवी सन्तोष रावलसँग मोना कतारले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दीको रत्नेचौरमा जन्मिएका रावल आफ्नो यूके भ्रमण सकेर सपरिवार कतार भ्रमणमा आएको अवसर पारेर मोना कतारले अन्तरक्रिया  कार्यक्रम गरेको हो ।

नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष, मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सचिव, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइका क्याबिन्ट कोषाध्यक्ष समेत रहेका रावलसँगको अन्तरक्रियामा मोनाका पदाधिकारीले बेनीमा रहेका सहकारीमा देखिएका समस्या र सामाजिक गतिविधिमा चासो देखाउँदै जिज्ञासा राखेका थिए । मोना कतारको बारेमा जानकारी दिँदै अध्यक्ष राजु पौडेलले समग्र म्याग्दीको समृद्धि र हरेक आवश्यकतामा मोना कतारको उपस्थिति नै पहिलो सर्त रहेको बताए । 

मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषका बारेमा अध्यक्ष विक्रम कार्कीले विस्तारमा जानकारी दिए । उनले हरेक म्याग्देलीका दुःखमा पुग्न अक्षयकोषको स्थापना गरिएको बताए । कार्कीले एक करोड बराबरको अक्षयकोष निर्माण गर्ने मार्गमा कार्यसमितिले जिरो लेबलमा काम गरिरहेको बताए । उनले कतारमा स्थायी रूपमा बसोबास कोही पनी नगर्ने र जिल्लामा फर्केपछि समाजमा जोडिनका लागि अक्षयकोष पुल बन्ने विश्वास व्यक्त गरे । 

कतारको ऐनखालिदमा रहेको खुल्ला पार्कमा मोना कतारको १७ औं मासिक बैठकसँगै गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले अक्षयकोष निर्माण प्रशंसा योग्य कार्य रहेको बताए । उनले सहकारीले बचतकर्ताको फिर्ता गर्नुपर्ने पैसा मध्य विभिन्न संघसंस्थाको नै पहिला फिर्ता गर्ने निर्णय नै भएको बताउँदै सामाजिक रूपमा अग्रसर संस्थाका पैसा कसैले रोक्न नहुने बताए । उनले मोना कतारले जिल्लामा गरेका सबै कामहरूबाट आफू प्रभावित भएको बताउँदै अक्षयकोषका लागि आफ्नो स्थानबाट हुन सक्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । कतार भ्रमणमा आइपुगेका रावल तथा परिवार गृह जिल्लामा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise