२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

मोना इतावासी फेस्टिभलको आम्दानी र खर्च सार्वजनिक

draupadi film
तिलु शर्मा पौडेल
२०८१ जेठ २२ गते २१:०५
मोना इतावासी फेस्टिभलको आम्दानी र खर्च सार्वजनिक

दोहा : जापानको राजधानी टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क)मा गत अप्रिल २७ र २८ तारिख सम्पन्न मोना इतावासी फेस्टिभलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । 

जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्त रूपमा आयोजना गरेको मोना इतावासी फेस्टिभलमा कुल ९४ लाख ७२ हजार ८३२ येन आम्दानी, ५१ लाख २४ हजार ४९२ खर्च र ४३ लाख ४८ हजार ३४० येन बचत भएको जनाइएको छ ।

त्यसैगरी उक्त मोना फेस्टिभलको ७ लाख ८९ हजार येन उठ्न बाँकी रहेको कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा सार्वजनिक गरिएको आयव्यय विवरणमा जनाइएको छ । 

मोना जापानले टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । 

कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुको साथै आगामी कार्ययोजना समेत सार्वजनिक गरिएको छ । मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता र मोना अन्तर्राष्ट्रियका अध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  

फेस्टिभलमा नेपाली कला, संस्कृति, परम्परा र जनजीवनलाई झल्काउने कार्यक्रमसँगै विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

कार्यक्रममार्फत फेस्टिभल सफल बनाउन विभिन्न विधामा आ–आफ्नो स्थानबाट आर्थिक, नैतिक, भौतिक सहयोग पु¥याउने सहयोगीहरूलाई सम्मान गरिएको थियो । 

मोना जापानका सल्लाहकार तिलक मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठले स्वागत र महासचिव सागर कार्कीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका महिला खेलाडी सस्मी पुन, मानिष तिलिजा पुन र जिल्ला स्तरीय खेलाडी डिमा पाइजा पुनलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरेको समेत सहभागिता रहेको थियो । कार्यक्रमको आम्दानी खर्चको सम्पूर्ण विवरण मोना जापानको वेवसाइटमा समेत राखिएको छ  । 

ADV

सम्बन्धित खबर

Advertise