२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सप्तकोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो 

ADV
मध्यान्ह
२०८१ असार २३ गते १०:२९
सप्तकोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो 

काठमाडौँ । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका हुन् ।

केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको छ ।  सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise