२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पहिरोले बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध

ADV
मध्यान्ह
२०८१ असार २३ गते १२:१३
पहिरोले बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध

बागलुङ । अबिरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।

बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा सडक खुलाउन पहल भइरहेको यादवले बताए । कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेकाले मुस्ताङ जाने यात्रु तथा पर्यटकले उक्त सडक प्रयोग गर्दै आइरहेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise