काठमाडौं : कतारको सुरा काउन्सिलले आप्रवासी कामदार भर्ना तथा रोजगार सम्वन्धी कानून परिवर्तन गर्न सिफारिस गरेको छ । काउन्सिलले शर्तसहित तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने, तर सरकारी र अर्धसरकारी निकायमा विदेशी कामदार भर्ना गर्दा उनीहरुले रोजगारदाताको सहमति विना रोजगारदाता परिवर्तन गर्न नपाउने लगायतका नयाँ प्रवन्ध गर्न सिफारिस गरेको हो ।
कतारमा अवैधानिक रुपमा कार्यरत रहेका विदेशी कामदारलाई उचित संयन्त्र मार्फत बैधानिकीकरण गर्न, रोजगारीका क्रममा कतार छोड्ने कामदारले कम्तीमा तीन दिन अगावै रोजगारदातालाई त्यसको सूचना दिनुपर्ने व्यवस्था कानूनमा गर्न पनि सिफारिस गरेको छ ।
सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजक कतारमाथि पश्चिमा मुलुकहरुले मजदूर शोषणको आवाज उठाएपछि श्रम कानूनमा सरकारले उल्लेख्य सुधार गरिरहेको छ । त्यसले मजदुर अधिकार प्रति अनुदार अन्य खाडी मुलुकहरुमाथि सुधारका लागि दवाव सिर्जना गरेको देखिएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies