२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जाजरकोटका तीन पालिकामा टेलिफोन सेवा अवरुद्ध

ADV
कुलेन्द्र शाही
२०८१ असार २३ गते १७:३३
जाजरकोटका तीन पालिकामा टेलिफोन सेवा अवरुद्ध

सुर्खेत : जाजरकोटको तीन स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि निरन्तर पानी परेका कारण नेपाल टेलिकमको टावरले काम गर्न छाडेपछि जिल्लाका तीन स्थानीय तह सञ्चारविहीन भएका हुन् । 

सोलारले काम गर्न छाडेपछि शिवालय, कुशे र जुनिचाँदे गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोट शाखाका इन्जिनियर भिमसेन विश्वकर्माले जानकारी दिए । उनका अनुसार सोलारबाट जडान गरिएका टावरहरुमा पावर नपुगेपछि सेवा अवरुद्ध भएको हो ।

उनले कुशे र जुनिचाँदेमा आइतवार र शिवालयमा शनिवारदेखि टेलिफोन सेवा अवरुद्ध भएको बताए । ‘यी तीन पालिकामा सोलारको पावरले काम गर्न छोडेपछि टेलिफोन सेवा अवरुद्ध भएको छ । अब घाम लागेपछि मात्रै पावर आउने हो । कि त जेनेरेटर लिएर जडान गर्नुपर्‍यो । त्यो भन्दा अरु विकल्प केही छैन,’ उनले भने । 

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएपछि टाढाका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको शिवालय गाउँपालिकाका स्थानीय टेकबहादुर रोकायले बताए । नेपाल टेलिकमले काम गर्न छाडेपछि त्यहाँका नागरिकहरुले प्रत्येक वर्ष बर्खायाममा समस्या भोग्दै आउनुपरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise