प्यूठान : शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
नेपाली कांग्रेस प्यूठान का ६४ वडा सभापति तथा ९ पालिका सभापति नेपाली कांग्रेसका अगुवानेताहरुसँग भएको विकास निर्माण सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले प्यूठान जिल्लाको विकास फास्ट ट्याकमार्फत गरिने बताउँदै प्यूठानसहित लुम्बिनी प्रदेशबासी जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताए ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै लुम्बिनी बासि लाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरसफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री राणाले दाबी गरे ।
प्रदेशका सबै खानेपानी योजनाहरु जेठ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र आफुले मन्त्रीको हैसियतले धेरै ठाउँका योजना समयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने समेत मन्त्री राणाले जानकारी दिए ।
अघिल्लो सरकारका पालामा लुम्बिनी प्रदेशमन्त्री परिषद्को बैठकबाट संघीय समपुरकमा ४२ करोड विनियोजन गरी अधेरीखोला स्याउलीबाङ्ग सडकको काम अगाडि बढाएकोमा त्यस क्षेत्रका नेताहरुले मन्त्री सरोज थापालाई धन्यवाद समेत दिएका थिए ।