२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सन्धिखर्कका खोला खोल्सीमा निगरानी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ जेठ २ गते २१:२८
Shares
सन्धिखर्कका खोला खोल्सीमा निगरानी

सन्धिखर्क : जिल्लास्तरीय अनुगमन समितिले सन्धिखर्क नगरपालिका अर्घाखाँचीका विभिन्न  योजना तथा खोला खोल्सी अनुगमनमा सक्रियता देखाएको छ ।

जिल्लाभरका योजनाहरु अनुगमन गर्दै आएको जिल्ला स्तरीय अनुगमन समितिका पदाधिकारीहरूले अनुगमन गर्न सक्रियता देखाएपछि अहिले चोरी निकासीको अन्त्य भएको  छ । अर्घाखाँची जिल्लामा ३  नगरपालिका  ३ गाउँपालिकामा जिल्ला स्तरीय अनुगमन समितिले योजनाको अनुगमन गर्ने कानुनी प्रावधान छ । 

सन्धिखर्क नगर पालिकामा रहेका जर्रेखोला बागी खोलाको  शुक्रबार  अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, निमित्त प्रमुख जिल्ला अधिकारी  झबिलाल थापा, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, जिल्ला प्रहरी कार्यलयका प्रमुख चक्रबहादुर मल्लसहित सुरक्षा निकाएका प्रमुखहरु, नगरपालिका राजश्व प्रमुख मुक्ति राम खनाल,  अनुगमन  टिम र कर्मचारी खोलाहरुमा पुगेका हुन्  । 

नगरपालिकाका उपप्रमुखको नेतृत्वमा अनुगमन भएपनि पुनः  जिल्ला अनुगमन  समितिले बागी खोला जर्रेखोला अनुगमन गरेको हो । विशेषगरी सन्धिखर्क नगरपालिकाले लगानी गरेका योजनामा आफूहरूले निगरानी बढाउँदै अनुगमनलाई तीब्र पारेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।  

जिल्ला स्तरीय अनुगमन समितिले समेत खोला खोल्सीको अनुगमनमा सक्रियता देखाएसँगै निर्माण व्यवसायी तथा उपभोक्ता समिति समेत सचेत हुन थालेको स्थानीय बत्ताउँछन् ।

ताजा खबर

सम्बन्धित खबर