२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टी–२० विश्वकप : नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते ०७:५१
टी–२० विश्वकप : नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं : आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले जितका लागि नेदरल्याण्ड्ससामु एक सय सात रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्याण्ड्सले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए ।

त्यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो ।

नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे ।

गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन-तीन तथा बास डी लिड र मकेरेनले दुई-दुई विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ।

ADVADV

सम्बन्धित खबर

Advertise