२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना अधिकार खारेज

shivam cement
२०८२ जेठ ९ गते १३:४०
Shares
ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना अधिकार खारेज

एजेन्सी : ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमाथि कठोर कदम चाल्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्ने अधिकार खारेज गरेको छ। प्रशासनले हालका हजारौं विदेशी विद्यार्थीहरूलाई अन्य शैक्षिक संस्थामा स्थानान्तरण हुन वा अमेरिका छोड्न निर्देशन दिएको छ।

गृह सुरक्षा विभागले बिहीबार वक्तव्य जारी गर्दै हार्वर्डले “अमेरिकाविरोधी र आतंककारी समर्थक उक्साउनेहरूलाई” क्याम्पसमा यहूदी विद्यार्थीहरूमाथि आक्रमण गर्न दिएको भन्दै विश्वविद्यालयको वातावरण असुरक्षित भएको आरोप लगाएको छ। साथै, विभागले हार्वर्डले चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्य गरेको भन्दै सन् २०२४ सम्म चिनियाँ अर्धसैनिक समूहका सदस्यलाई प्रशिक्षण दिएको दाबी पनि गरेको छ।

“यस निर्णयअनुसार हार्वर्डले अब विदेशी विद्यार्थीहरू भर्ना गर्न सक्दैन, र हाल अध्ययनरत विद्यार्थीहरूले अन्यत्र स्थानान्तरण नभए कानुनी हैसियत गुमाउने छन्,” विभागले जनाएको छ।

हार्वर्ड विश्वविद्यालयमा हाल करिब ६ हजार ८०० अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनरत छन्, जुन कुल विद्यार्थी संख्याको एक चौथाइभन्दा बढी हो। तीमध्ये अधिकांश स्नातकोत्तर तहका विद्यार्थी हुन्, जो १०० भन्दा बढी देशहरूबाट आएका छन्।

हार्वर्डले प्रशासनको यो कदम गैरकानुनी भएको बताउँदै विद्यार्थीहरूलाई मार्गदर्शन दिने तयारी भइरहेको जनाएको छ।

“यो बदला खोज्ने कार्यले हार्वर्ड समुदाय र समग्र देशलाई गम्भीर क्षति पुर्‍याउँछ, र हाम्रो शैक्षिक तथा अनुसन्धान मिशनलाई कमजोर बनाउँछ,” विश्वविद्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ।

ट्रम्प प्रशासन र हार्वर्डबीचको तनाव अझ चर्किएको छ, विशेषतः जब हार्वर्डले व्हाइट हाउसको आदेशको खुला अवज्ञा गर्दै उच्च शिक्षालयहरूमा गरिएको आलोचनाको प्रतिवाद गर्‍यो। संघीय सरकारले हार्वर्डलाई दिँदै आएको २.६ अर्ब डलर बराबरको अनुदान काटेको छ, जसका कारण विश्वविद्यालयले आफ्नो अनुसन्धान कार्यक्रमलाई आत्मनिर्भर बनाउनु परेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्डको कर छुटको दर्जा समेत हटाउने अभिप्राय व्यक्त गरिसकेका छन्।

सम्बन्धित खबर