२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

एनपिएल : जनकपुरको दोस्रो जित

Nada
२०८३ कार्तिक १५ गते २१:०१
Shares
एनपिएल : जनकपुरको दोस्रो जित

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले प्रतियोगितामा दोस्रो जित हात पारेको हो । पोखराको भने यो दोस्रो हार हो ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ५ चौका प्रहार गरे । विपिन आचार्यले १९ बलमा १ चौकाको सहयोगमा २० रन बनाए ।

विपिन खत्रीले १४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाउँदा किरण ठगुन्नाले ५ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन बनाए । यसबाहेक पोखराका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि माइन अलीले ३ विकेट लिए । सेफ हसन र हरमित सिंहले समान २–२ विकेट लिँदा ललित राजवंशी र जिमी निसमले समान १–१ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जनकपुरका लागि ओपनिङ ब्याटर तृतराज दासले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ७ चौका र २ छक्कासहित ६१ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा तृतराजको यो पहिलो अर्धशतक हो ।

यस्तै, मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रनको योगदान दिए । जिमी निसम ११ रनमा आउट भए । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । पोखरा एभेन्जर्सका लागि बलिङतर्फ साकिब अल हसनले चार ओभरमा १५ रन दिए सर्वाधिक ३ विकेट लिए । यस्तै, चमिका करुणारत्नेले २, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान १–१ विकेट लिए ।

ताजा खबर

सम्बन्धित खबर