२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राजदूत ढकालद्वारा नेपाली पुस्तकालयलाई पुस्तक हस्तान्तरण

ADV
सुरेश भट्ट आश्रिन
२०८१ असार २४ गते २२:१५
राजदूत ढकालद्वारा नेपाली पुस्तकालयलाई पुस्तक हस्तान्तरण

कतार : कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले नेपाली पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका छन् । दूतावासको सभाहलमा रहेको नेपाली पुस्तकालयलाई नेपाली, अंग्रेजी साहित्य र कुटनीतिक विषयका ५० प्रति पुस्तक हस्तान्तरण गरेका हुन् । 

नेपाली  डासपोरा अन्तर्गत कतारमा रहेका नेपालीहरूको पठन संस्कृतिको उन्नयनका लागि आफुले पढेर सकेका पुस्तकहरु पठनयोग्य र प्रभावकारी हुने भएकाले नेपाली समाजले स्थापना गरेको पुस्तकालयमा हस्तान्तरण गर्दा पुस्तक प्रति रुची हुनेहरुका लागि उपयोगी हुने उनले बताए । 

‘किताब मान्छेको महानतम् सम्पदा हो । यसलाई आर्थिक वा भौतिक  अन्य कुनै पनि वस्तुको तुलना गर्न सकिँदैन । चाहे कुनै प्रतिकुल स्थितिमा होस् वा अनुकुल, जस्तोसुकै अवस्थामा पनि किताब तपाईंका लागि एक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत बन्छ’ उनले भने, ‘जो सफ एडिसन एक प्रख्यात अंग्रेजी साहित्यकारले आजभन्दा करिब तीन सय वर्षअघि  भनेका थिए ‘रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी’  अर्थात् पढाइ दिमागका लागि त्यति नै जरुरी छ, जति शारीरिक स्वास्थ्यका लागि व्यायाम छ ।’

आजभोली अन्तर्राष्ट्रिय नेपाली समाज सम्भ्रान्त बन्दै जाँदा पुस्तकप्रतिको मोह र पुस्तकालय घट्दो रहेको उनले बताए ।  घर–कोठामै मदिरालय हुन्छ । आभुषणका अनेक कुराहरुले सुसज्जित  पनि गर्छन् । तर, पुस्तकालय हुँदैन । 

उनले भने, ‘यदि हामीले आफ्नो घर वा कोठामै किन नहोस् एउटा मिनि पुस्तकालयको व्यवस्था गर्ने र उत्कृष्ट पुस्तकहरु संकलन गर्ने अभ्यास गरिएमा त्यसले हाम्रो घरको शोभा मात्र बढाउँदैन, पठन संस्कृतिको विकास पनि गर्छ ।’

इन्टरनेट, मोबाइल, ल्यापटपमा लिप्त हुँदै गएको अहिलेका पुस्तालाई त पठन संस्कृतिको अझै जरुरत रहेको उनले बताए । उनले भने, ‘उनीहरुलाई पुस्तक पढ्ने, चिन्तन मनन गर्ने परिपाटीको खाँचो छ । यसले उनीहरुलाई डिजिटल प्रविधिको लतबाट मुक्त मात्र गराउँदैन, मस्तिष्क विकासमा समेत सहयोग पुर्‍याउँछ ।’

ADVADV

सम्बन्धित खबर

Advertise