२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान 

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ जेठ १० गते १८:३१
Shares
नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान 

रौतहट : नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको चौंथो अधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई डा. सुभाष एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.गौर, रौतहटद्वारा शनिबार एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ । संस्थाले नवनिर्वाचित सम्पूर्ण भेटेरिनरी चिकित्सकहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको हो । 

ncell

नवनिर्वाचित कार्यसमितिबाट चयन भएका अध्यक्ष डा. दिनेश तिवारी, उपाध्यक्ष डा. पवन कुमार झा, सचिव डा. सुभाष कुमार सिंह, सह–सचिव डा. सुदिप शर्मा, कोषाध्यक्ष डा. सुवाष झा सदस्यहरू, डा. विशाल यादव, डा. जितेन्द्र कुमार यादव, डा. रवि यादव, डा. श्री कृष्ण शाह, डा. अमर कुमार शाह, डा. मनिस झा रहेको कार्यसमितिका सचिव डा. सुवाष कुमार सिंहले बताए ।

नयाँ कार्यसमितिले मधेश प्रदेशमा पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र पशु चिकित्सकहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर