२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

ट्रम्प प्रशासनमा एलन मस्कको भूमिका घट्यो

मध्यान्ह
२०८२ जेठ १५ गते ११:२७
ट्रम्प प्रशासनमा एलन मस्कको भूमिका घट्यो

काठमाडौँ :  एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो विशेष सरकारी कर्मचारीको कार्यकाल सकिएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा ह्वाइट हाउस प्रवेश गरेपछि मस्कलाई सरकारी खर्च कटौती गर्न नवगठित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ को नेतृत्व सुम्पेका थिए । मस्कले हप्तामा एक वा दुई दिन मात्र यो जिम्मेवारीमा समय दिने र आफ्नो मुख्य ध्यान टेस्लालगायतका कम्पनीहरूमा केन्द्रित गर्ने उल्लेख गरेका छन् ।

“विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त हुँदैछ। म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनावश्यक खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु,” मस्कले एक्समा लेखेका छन् । डोजको मिशन समयसँगै बलियो हुँदै जानेछ र यो सरकारी काममा जीवनशैली बनिरहनेछ ।”

डोजले सरकारी खर्च र कर्मचारी सङ्ख्या घटाउने, प्रविधिमा सुधार गर्ने र नोकरशाही कम गर्ने लक्ष्य राखेको छ । यद्यपि, मस्कको यो कदमले टेस्लाको घट्दो नाफा र बिक्रीलाई सम्बोधन गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

ADV

सम्बन्धित खबर