२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अष्ट्रेलियन राजदूत वोल्फबीच भेटवार्ता

Nada
२०८१ असार २५ गते १५:४६
Shares
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अष्ट्रेलियन राजदूत वोल्फबीच भेटवार्ता

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्फबीच भेटवार्ता भएको छ । 

ncell

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा अध्यक्ष नेपाल र राजदूत वोल्फबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा दुई देशबीचको सम्बन्ध, आयाम, साझेदारी, सहयोग, मित्रता र समसामयिक विषयमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ । 

राजदूत वोल्फ केही समयपछि आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुँदैछिन् । भेटका अवसरमा अध्यक्ष नेपालले वोल्फलाई आफ्ना विभिन्न पुस्तकहरू उपहार प्रदान गरेको सचिवालयले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर