२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

गणतन्त्र दिवसका अवसरमा प्रेस चौतारी बझाङद्वारा दीप प्रज्वलन

shivam cement
सत्यराज सिंह
२०८२ जेठ १५ गते २१:३१
Shares
गणतन्त्र दिवसका अवसरमा प्रेस चौतारी बझाङद्वारा दीप प्रज्वलन

बझाङ : १८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल बझाङ शाखाले बिहीबार साँझ दीप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । 

कोणसभामा वक्ताहरूले गणतन्त्र प्राप्तिका लागि सञ्चारकर्मीहरूको योगदान र गणतन्त्र प्राप्तपछि देश र नागरिकको अवस्थाबारे आफ्नो धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामीले गणतन्त्र संस्थागत गर्न प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस केवल सूचनाको माध्यम मात्र नभइ गणतन्त्रको चौथो आधारस्तम्भ रहेको समेत बताए  । 

कार्यक्रमका प्रमुख अतिथि मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले गणतन्त्र प्राप्तिका लागि योगदान दिने ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै प्रेस र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।’ 

प्रेसमार्फत विकास, शिक्षा र सुशासनका मुद्दाहरू उजागर हुन थालेको बताउँदै गणतन्त्रको विकल्प अरु नरहेको उनले बताए । 

त्यस्तै कार्यक्रमा बोल्दै अग्रज पत्रकार वसन्त प्रताप सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारकर्मीहरूको ऐतिहासिक योगदान स्मरण गर्दै भने, ‘प्रेस स्वतन्त्रता कुण्ठित हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामी कहिल्यै भुल्नु हुँदैन ।’ उनले ग्रामीण भेगका सञ्चारकर्मीहरू अझै पनि स्रोत, पहुँच र सुरक्षाको अभावमा काम गरिरहेकाले उनीहरूको सशक्तीकरणमा राज्य र संस्थाले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी, प्रेस चौतारी नेपालका नेता रमेश केसीले गणतन्त्र केवल व्यवस्था परिवर्तन नभएर चेतना परिवर्तन पनि भएको बताए । 

उनले भने, ‘पत्रकारिता जनताको आवाज हो ।’ प्रेस चौतारीले सधैं श्रमजिवी पत्रकारको पक्षमा बोल्दै आएको र अब पनि राष्ट्रिय तथा स्थानीय स्तरमा त्यसको अभियानलाई मजबुत बनाउने बताए ।

सम्बन्धित खबर