२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

पर्सामा ६० प्रतिशत रोपाइँ

ADV
मध्यान्ह
२०८१ असार २५ गते १७:०५
पर्सामा ६० प्रतिशत रोपाइँ

वीरगञ्ज : जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ । हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ ।

केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ  । विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो ।

पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise