२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बरुवा खोलाले गाईघाट जोखिममा, मन्त्री कार्कीद्वारा निरीक्षण

ADV
बिन्द्र राई
२०८१ असार २५ गते २१:०२
बरुवा खोलाले गाईघाट जोखिममा, मन्त्री कार्कीद्वारा निरीक्षण

उदयपुर : बरुवा खोलाले बाध जाली कटानसँगै गाईघाट बजार जोखिममा परेपछि कोशी प्रदेशका  खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले बरुवा खोलाले कटान गरेको स्थानको निरीक्षण तथा अनुगमन गरेका छन् ।

लगातार वर्षाका कारण बरुवा खोलाको बहाव बढेसँगै  ढिम्कीस्थित बरुवा खोलामा लगाइएको जाली बाध खोलाले कटान गरेपछि गाईघाट जोखिम परेको छ । 

मन्त्री कार्की र प्रदेश उपसभामुख सिर्जना दनुवार, त्रियुगाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई लगायत सम्बन्धित सरोकारवाला निकायले एकसाथ खोलाको निरीक्षण गरेका हुन् । खोला कटानसँगै साकेलाथान, गाईघाट र त्यस आसपासका बस्ती जोखिममा परेका छन् ।

खोलाले बाँधमा क्षति पु¥याएर बस्ती क्षेत्रमा कटान गर्दै आएको छ । खोलाको जोखिम बढेपछि स्थानीयहरु त्रसित भएका  छन् । नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीले केही रोकथाम गर्ने प्रयास गरेपनि दिगो सुरक्षा नभएको स्थानीयले बताए । निरन्तर वर्षा आएर बाढी बढ्यो भने फेरि जोखिम सिर्जना हुने अवस्था छ ।

कटान निरीक्षण पश्चात मन्त्री कार्कीले जनताहरुको सुरक्षामा लागि पर्ने प्रतिबद्धता जनाए । बाँधलाई व्यवस्थापन र जनताको सुरक्षामा भूमिका प्रदेश सरकारले निभाउने उनले जनाए । बाढी प्रभावित क्षेत्रका जनताहरुलाई सुरक्षित हुन अनुरोध गर्दै सबै तह यस विपद् समाधानमा सामेल हुन उनले आग्रह गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise