२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नक्कली लाइसेन्स प्रकरण : यातायातका १५ कर्मचारीविरुद्ध मुद्दा दर्ता

ADV
शिव विक
२०८१ असार २६ गते ०६:५०
नक्कली लाइसेन्स प्रकरण : यातायातका १५ कर्मचारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं : नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका १५ जना कर्मचारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

सेवाग्राहीसँग पैसा लिएर नक्कली लाइसेन्स दिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) अनुसन्धान गरेको थियो । अनुसन्धानपछि सिआइवीले पेश गरेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार मुद्दा दर्ता गरेको हो । 

पुराना र नवीकरण नहुने लाइसेन्समा नयाँ व्यक्तिको नाम वैधानिक तरिकाले चढाएर लाइसेन्स दिदएो आरोपमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख केशव पाण्डेसहित १५ जना यातयातका कर्मचारीविरुद्ध मुद्दा दायर भएको हो । 

लाइसेन्स वितरणको विद्युतीय प्रणाली सुरु हुनुभन्दा अघि ढड्डामा विवरण राखेर सवारीचालक अनुमति पत्र दिने गरिएको थियो । विद्युतीय प्रणाली आएपछि यातायातका कर्मचारीहरू समेतको मिलेमतोमा नक्कली लाइसेन्स विरण भएको अभियोगपत्रमा दाबी छ ।

सेवाग्राहीसँग एक लाखसम्म लिएर नक्कली लाइसेन्स दिएको अनुसन्धानबाट खुलेको देखिएको छ ।

सिआइवीले पक्राउ गरेकामा बुटवलमा कार्यालयका तत्कालीन प्रमुख अर्याल, अधिकृत सुवास पौडेल, राजेश लम्साल तथा कम्प्युटर अपरेटरहरु पदमराज आचार्य, दिलिपकुमार साह र केशव पौडेललाई सिआइबीले नियन्त्रणमा लिएको छ ।

मुद्दा दर्ता गर्दा नक्कली लाइसेन्स वितरणमा संलग्न लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, फानेश्वर सापकोटा र सन्दिप श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ । 

सिआइबीले नक्कली लाइसेन्स दिलाउन भन्दै रकम बुझाएका व्यक्तिहरूसँग समेत कागज गरेको छ । कतिपय व्यक्तिहरूले लाइसेन्स निकालिदिने भन्दै एक लाख रुपैयाँसम्म बुझाएको बताइन्छ ।

झुक्याएर रकम लिएर लाइसेन्स वितरण गरेको र जानी जानी समेत रमम दिएर लाइसेन्स लिएको अनुसन्धानमा खुलेको छ । यो लिखत सम्बन्धी कसुर भएको भन्दै अनुसन्धान गरेको थियो । प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त कसुर अनुसार नै सजायको मागदाबी गरी सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise