२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

ADV
मध्यान्ह
२०८१ असार २६ गते १०:२२
दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

तनहुँ : बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान  एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा  छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए ।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गर्दछ । 

पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरा खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग  अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise