२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

नवनिर्मित विद्यालय भवन र शौचालय हस्तान्तरण

shivam cement
सत्यराज सिंह
२०८२ जेठ २१ गते २१:२२
नवनिर्मित विद्यालय भवन र शौचालय हस्तान्तरण

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७, सुवेडास्थित सुनिपिपल चौर माध्यामिक विद्यालयको नवनिर्मित चार कोठे दुई तले भवन र तीन कोठे एक तले शौचालय बुधबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । वर्ल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, प्रगतिशील युवा समाजको साझेदारी र जयपृथ्वी नगरपालिकाको समन्वयमा निर्माण सम्पन्न गरिएका यी संरचनाहरू भूकम्प प्रतिरोधी, अपांगतामैत्री, छात्रामैत्री र बालमैत्री रहेको प्रगतिशील युवासमाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताए ।

विद्यालय भवनको निर्माणमा कुल रु ७६ लाख ८२ हजार ४ सय १३ रुपैयाँ ५४ पैसा र शौचालय भवन निर्माणमा रु १२ लाख ९४ हजार २ सय ४९ रुपैयाँ ४३ पैसा लागत लागेको जोशीको भनाइ छ । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै जोशीले ‘विद्यालय शिक्षामा उत्थानशीलता प्रवर्द्धन परियोजना’ अन्तर्गत विद्यालय भवन र समावेशी तथा गुणस्तरिय शिक्षा परयोजना अन्र्तगत शौचालय भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

No description available.

विद्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले २०८० साल असोज १६ गतेको विनाशकारी भूकम्पले विद्यालयका तीन भवनका १५ कक्षाकोठा प्रयोग अयोग्य बनेपछि टहरामा पठनपाठन गरिरहेको कठिन अवस्था सम्झिँदै उनले सहयोगी संस्थाहरूको पहलमा जापानी नागरिक लिलिकोको व्यक्तिगत सहयोगमा निर्माण भएको भवनले विद्यालयलाई ठूलो राहत मिलेको बताए । 

विद्यार्थी आयुसा सुवेदीले जीर्ण विद्यालय भवन र शौचालयको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गरिन् । कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले विद्यालयलाई हस्तान्तरण गरिएका संरचनाको सदुपयोग, संरक्षण र मर्मत सम्भारमा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।

वर्ल्डभिजन जापानकी प्रतिनिधि सात्सुकी हिराइले शिक्षक तालिमदेखि गुणस्तरीय शिक्षामा सहयोग गर्दै आइरहेको जानकारी दिँदै विद्यालय परिवारलाई संरचनाको नियमित संरक्षण गर्न आग्रह गरिन् ।

No description available.

कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले भौतिक संचाना निर्माण गरिदिएको भन्दै संस्थालाई धन्यवाद दिए । साथै उनले स्थानीय सरकार सदैव संघसंस्थासँग हातेमालो गरेर शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले शिक्षा विकासका लागि स्थानीय, संघीय र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उल्लेख गर्दै यस किसिमका सहयोगात्मक प्रयासले दुर्गम क्षेत्रका विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन् ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise