२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

उत्सव बन्यो शोक

२०८२ जेठ २२ गते ०६:२०
उत्सव बन्यो शोक

काठमाडौं : भारतको बेङ्ग्लुरुस्थित चिन्नास्वामी स्टेडियम परिसरमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउनेक्रममा भीड अनियन्त्रित हुन पुगेको छ । भीड अनियन्त्रित हुँदा चलेको भागदौडमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

घटना स्थलमा हजारौं मानिसहरूको भीड लागेको थियो । केही मानिसहरु अत्यधिक भिडका कारण बेहोस भएका छन् ।  घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

१८ वर्षपछि रोयल च्यालेन्जर्स बेङ्ग्लुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो । जितको खुसीयाली मनाउन उत्सव मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका थिए ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मानिसको ज्यान नै जानेगरी भएको घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् ।

उपमुख्यमन्त्री शिवकुमारले लेखेका छन्, ‘आरसीबीको जितप्रति गर्व छ । तर, कुनै पनि जित कसैको जिन्दगीभन्दा ठूलो हुन सक्दैन ।’ उपमुख्यमन्त्री शिवकुमारले सुरक्षामा विशेष ध्यान दिन समेत आग्रह गरेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर