२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

मध्यान्ह
२०८२ जेठ २२ गते ०८:५६
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

काठमाडौँ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

बुधबार सुरक्षा जोखिमलाई कारण देखाउँदै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्।

अफगानिस्तान, म्यानमार (बर्मा) चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रूपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा थप संशोधन हुन सक्ने पनि ट्रम्पले बताएका छन्। यी प्रतिबन्धहरू जुन ९ देखि लागू हुने फक्स न्युजले जनाएको छ ।

ग्रिनकार्डवाहकहरू, हालका भिसावाहकहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइएको छ।
 

ADV

सम्बन्धित खबर