२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कृषि मन्त्रालयका कर्मचारी ११ दिनदेखि धर्नामा

Nada
२०८१ असार २६ गते १२:०६
Shares
कृषि मन्त्रालयका कर्मचारी ११ दिनदेखि धर्नामा

काठमाडौँ : कृषि मन्त्रालयका कर्मचारीहरू विगत ११ दिनदेखि धर्नामा बसेका छन् । कृषि समूहका प्राविधिक कर्मचारीहरु समायोजन पछि बढुवा नभएको भन्दै धर्नामा बसेका हुन् ।

ncell

धर्नारत कर्मचारीले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिँदै आएका छन् ।

कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा माग सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको उनीहरूको भनाई छ । 

ताजा खबर

सम्बन्धित खबर