२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

परराष्ट्र सचिव नयाँदिल्ली जाँदै

ADV
मध्यान्ह
२०८१ असार २६ गते १४:३४
परराष्ट्र सचिव नयाँदिल्ली जाँदै

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज त्यसतर्फ जाने भएकी छन् ।

त्यस अवसरमा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

रिट्रिटमा सहभागी हुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवम् प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

परराष्ट्र सचिव लम्सालका साथ उक्त मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

ADVADV

सम्बन्धित खबर

Advertise