२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

विकासको मोडल यसपटक देखाउनेछु : मन्त्री राणा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ जेठ २४ गते २२:०१
Shares
विकासको मोडल यसपटक देखाउनेछु :  मन्त्री राणा

प्यूठान : लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठानको बाग्दुला–बहाने क्षेत्रका स्थानीय नागरिकहरूसँग भेटघाट गरी आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा समेटिनुपर्ने विषयमा सुझाव संकलन गरेका छन्।

ncell

प्रदेश सरकारले बजेट ल्याउने अन्तिम तयारी गरिरहेका बेला मन्त्री राणाले सचिवालय, मातहतका कर्मचारी तथा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्तासहित दम्तीदेखि अधेँरी खोलासम्म करिब ६ किलोमिटर पैदल यात्रा गरी सो ठाउँमा पुगेका थिए ।  सो क्रममा स्थानीय नागरिकहरूले मन्त्री राणालाई भव्य स्वागत गरेका थिए ।

सो क्रममा मन्त्री राणाले बाग्दुला–बहाने सडकखण्डमा पर्याप्त बजेट विनियोजन गरेर कालोपत्रे गर्ने प्रतिबद्धता जनाए । स्थानीयले आवत–जावतमा कठिनाइ भोग्नुपरेको गुनासो राखेपछि मन्त्रीले यसैपटकको बजेटमा सडकका लागि रकम छुट्याउने बताए ।

मन्त्री राणाले भने, ‘यसैपटक पिच गर्ने भनेर म बाटो हेर्न आएको छु । दम्तीबाट कोलछापासम्म पुलको काम पनि अघि बढ्छ । काँडाबाङ र किटघाटका पुलहरू टेन्डर भइसकेका छन् ।’

निर्वाचनका बेला गरिएको प्रतिवद्धता पूरा गर्ने बेला आएको उल्लेख गर्दै मन्त्री राणाले अहिलेको कार्यकालमा प्यूठानको मुहार फेर्ने योजना रहेको बताए ।

बाग्दुला–बहाने सडकखण्ड प्यूठानको पुराना सडकहरूमध्ये एक हो, जसलाई अघिल्ला जनप्रतिनिधिहरूले बेवास्ता गरेको स्थानीयको गुनासो थियो । 

दम्ती–अधेँरी सडकखण्ड र अधेँरी–बहाने गाउँपालिका पहुँच मार्गका लागि पनि बजेट विनियोजन गरिने र निर्माण कम्पनीलाई काम सम्पन्न गर्न दबाब दिने मन्त्री राणाले बताए ।

पैदल यात्रामा प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्मा, झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकिशोर मण्डल, नेपाल तरुण दल प्यूठान अध्यक्ष कृष्ण बस्याल ‘रोयल’ लगायतको उपस्थिति थियो । 

यसअघि मन्त्री राणाले बाग्दुला–मच्छी सडकखण्डमा पनि पैदल यात्रा गरी ३० करोडको बजेट विनियोजन गरिसकेका छन् । हाल सो सडकमा काम तीव्र रूपमा भइरहेको छ । 
 

सम्बन्धित खबर