२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने राजपत्र अनंकित कर्मचारीहरुको चेतावनी 

Nada
२०८१ असार २६ गते १५:२८
Shares
तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने राजपत्र अनंकित कर्मचारीहरुको चेतावनी 

काठमाडौँ  : राजपत्र अनंकित कर्मचारीहरुले तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको अवस्थामा पनि भेदभाव भयो भने  आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

ncell

मर्यादाक्रमअनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी र निजामती सेवाका राजपत्राङ्कित कर्मचारीहरुको आधारभूत तलबमानलाई मर्यादाक्रममा तादम्यता कायम गर्दा यसले निजामती सेवाका अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने भएमा सोको समेत यथोचित सुनुवाई र व्यवस्थापन गर्नुपर्ने विषय आदेशमा उल्लेख रहेको भन्दै सबै पद र श्रेणीको पदासोपान बमोजिम तलबमान निर्धारण गर्न राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले माग गरेको छ।

कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सो फैसला कार्यान्वय गर्नु राज्यको कर्तव्य हो भन्दै तलबमान निर्धारणमा राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरिएमा राजपत्र अनंकित कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाईएको छ।

ताजा खबर

सम्बन्धित खबर