२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

'राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१'बाट क्षेत्री सम्मानित

ADV
मध्यान्ह
२०८१ असार २६ गते १६:०६
'राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१'बाट क्षेत्री सम्मानित

सुर्खेत : राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट युगआह्वान राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक दीपककुमार बुढा क्षेत्री सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा आयोजना गरेको एक समारोहमा उनलाई सम्मान गरिएको हो ।

क्षेत्रीलाई लघु उद्यम, शिक्षा र रोजगारीको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशीलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहित गर्न पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

उनलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १ लाख रुपैयाँसहित राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित गरे । मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise