तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा,कतार : कोरोनाले देश अस्तव्यस्त छ । सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय सबै सेवा बन्द हुँदा नेपाली साँगीतिक क्षेत्रमा नयाँ गीतहरू आउने क्रममा कमी आए पनि रोकिएको भने छैन । यसै सिलसिलामा बागलुङका नवोदित गायिका प्रतिमा केसीले 'माया लाइसक्यो मुटु खाइसक्यो' एल्बम बजारमा लिएर आएकी छिन् ।
'घामसँग दिन दिन रातसँग जुन
कहिले पो सक्या छ र एकै छिन् छुटिन '
किसान सुबेदीका शब्दले पटक-पटक मन छुन्छ । कालजयी शब्दलाई नेपाल आइडल सिजन ३ बाट अत्यधिक चर्चमा आएका प्रवीण बेडवालले न्याय दिएर स्वर भर्दै सुगम संगीतमा एउटा इँटा थपेका छन् । सुगम संगीत भनेको यो हो भनेर देखाउन मिल्ने अत्यन्तै मीठो गीत आफूले गाउन पाएको भन्दै गायक बेडवालले खुसी व्यक्त गर्दै सबैले रुचाउनेमा आफु आशावादी रहेकाे बताउँछन् ।
बेडवालले सँगै केसीको स्वरमा सजिएको उक्त गीतमा गायक बैडवाल र गायिका केसी अभिनय हेर्न सकिन्छ । आफ्नो पहिलो एल्बम भएको हुँदा एकदमै उत्साहित रहेको र सबैबाट माया साथ सपोर्टको आवश्यकता र आशा गरेको केसीले बताइन् ।
सप्तक म्युजिक युट्युबबाट भर्चुअल बजारमा सार्वजनिक गीतको संगीतकार सीएल शर्मा हुन् भने एरेन्ज कुशल सिङ्ले गरेका छन् । भिडियोलाई वीरेन्द्र धामीले खिचेका हुन् भने निर्देशन तथा सम्पादन पनि धामीकै रहेको छ ।
भिडियो :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies