२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

अर्घाखाँचीमा सिँचाइले गरेका कामको अनुगमन

Nada
सूर्यप्रसाद भुसाल
२०८२ जेठ २५ गते २१:३१
Shares
अर्घाखाँचीमा सिँचाइले गरेका कामको अनुगमन

अर्घाखाँची : जलश्रोत तथा सिँचाइ डिभिजन कार्यलय अर्घाखाँचीले चालु आर्थिक वर्ष २०८१/०८२मा कार्यालयबाट सम्पादन गरेका विभिन्न विकाश निर्माणका कामहरुको जिल्ला स्तरिय अनुगमन समितिलाई  स्थलगत निरीक्षण गराएको छ  ।

ncell

 डिभिजन कार्यालयले सिँचाइका कुलो तथा कार्यालयले गरेका कामहरुको निरीक्षण गर्नुका साथै गुणस्तरीताको लागि स्थलगत अनुगमन गरिएको डिभिजन प्रमुख भेषराज भुसालले बताए ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाको नेतृत्वमा गएको अनुगमन टोलीमा  प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्राविधिक रामजी भट्टराई,  शिवपुर सडक डिभिजन प्रमुख सबिन कोईराला, इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख (इन्स्पेक्टर) दिपक सिंह बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, नेपाल पत्रकार महासंघका सचिव लक्ष्मण घिमिरे, शितगंगा नगरपालिका वडा नम्बर–२ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री,समाजसेवी नारायण सिंह बेल्वासे  उपभोक्ता समितिका पदाधिकारी, लाभान्वित स्थानीय नागरिक लगायतको सहभागितामा योजनाहरुको अनुगमन गरिएको डिभिजन कार्यलय अर्घाखाँचीका प्राविधिक रामजी भट्टराईले जानकारी दिए । सडक र सिँचाइ निर्माण गर्दा समन्वय अभावले भोग्नु परेको सास्तीका विषयमा समेत गहन छलफल भएको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताए । 

सम्बन्धित खबर