२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सन्दीपले भिसा नपाएको बिषयमा सांसदले उठाए प्रश्न  

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते १४:०३
सन्दीपले भिसा नपाएको बिषयमा सांसदले उठाए प्रश्न  

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारसंग जवाफ मागेका छन् । उनले प्रतिनिधि सभाको बैठकमा भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’

त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजोको नेपालको विश्वकप खेलमा सन्दीप लामिछानेको अभाव महशुस भएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोजक राष्ट्रले भिसा नदिएको विषयमा अमेरिकाको राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग समेत गरेका छन् । 

उनले भने, ‘दश वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्र सूर्य झन्डा संसारभर फरफरायो । तर, हामीले हिजो गेम हार्यौं । हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महशुस भयो । अदालतले सफाइ दिएको, क्यान र आइसिसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको ? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको ? कि त सरकार डराएर खुट्टा कापेको हो ?  यसको जवाफ दिनुपर्छ । यो कुनै व्यक्तिको कुरा होइन । कुनै क्लबको गेम खेल्न जान लागेको होइन देशको प्रतिनिधित्व गरेर जाने खेलाडी हो । त्यसैले देशको जिम्मा हुन्छ ।’

अमेरिकी दूतावासले विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाएर पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise