२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फोक्सुण्डो पदमार्गका होटल तथा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद

ADV
पुर्ण कुमार
२०८१ असार २७ गते १५:३३
फोक्सुण्डो पदमार्गका होटल तथा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद

डोल्पा : हिमाली जिल्ला डोल्पाको फोक्सुण्डो पदमार्गमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीको नेतृत्व र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाको आयोजनामा फोक्सुण्डो पदमार्ग ३८ किलोमिटरभित्र पर्ने कागनीदेखि रिग्मो गाउँसम्म सञ्चालित होटल तथा पसल व्यवसायहरुको अनुगमन गरिएको हो ।

पछिल्लो समय फोक्सुण्डो तालसम्म घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले पदमार्गमा सञ्चालित होटल तथा व्यवसायहरुले म्याद गुज्रेका सामान बिक्री वितरण र मनपरी शुल्क उठाएको गुनासो गरेपछि अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका निमित्त प्रमुख सत्यबहादुर भण्डारीले जानकारी दिए ।

अनुगमनको क्रममा पदमार्गमा सञ्चालित पसल तथा होटलहरुबाट म्याद गुज्रेका करिब २७ हजार २ सय ५० रुपैयाँ मूल्यबराबरको समान बरामद गरिएको छ । बरामद गरिएका २ दर्जनभन्दा बढी सामग्रीहरू अस्थायी प्रहरी चौकी रीग्मोमा जलाएर नष्ट गरिएको छ । बरामद गरिएका चाउचाउ, बिस्कुट, पेय पदार्थअन्तर्गत फ्रुटी, कोकोकोला, फ्यान्टा, धुलो खुर्सानी, मसलालगायत दुई दर्जन बढी सामग्रीहरु जलाएर नष्ट गरिएको हो ।

अनुगमनका क्रममा पदमार्गमा सञ्चालित पसल तथा होटलहरुबाट आफूहरुले सोचेभन्दा म्याद गुज्रेका कम सामान बरामद भएको सहायक प्रजिअ ज्ञावलीले बताए । होटल तथा पसलहरुलाई मूल्यसहितको दर रेट राख्न र सम्बन्धित पालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता नगराइ सञ्चालित व्यवसायहरुलाई साउन महिनाको पहिलो साताभित्र दर्ता तथा नवीकरण गर्न सुझाव दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख भण्डारीले बताए ।

अनुगमनमा सहायक प्रजिअ ज्ञवाली, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख भण्डारी, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग डोल्पा शाखाका प्रमुख मेघराज कँडेल, पत्रकार महासंघ डोल्पा शाखाका प्रतिनिधि, कार्यालयका कर्मचारी, अस्थायी प्रहरी पोष्ट रिग्मोका प्रहरी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise