२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते ०७:३३
भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं : भारतमा बन्धक बनाइएका नेपालीको उद्धार भएको छ । आकर्षक रोजगारीको झुटो आश्वासनमा फसेर भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको हो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार पीडितहरूलाई नेपालका विभिन्न जिल्लाबाट झुक्याएर भारत पु¥याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो । 

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्थाको सहयोगमा बिहीबार उनीहरूको उद्धार गरेको हो ।

दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । 

उद्धारपछि घटनामा संलग्न केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ पनि गरेको । यस्तै अन्य स्थानमा अझै पनि नेपालीहरू बन्दी बनाइएका हुन सक्ने आशंकामा खोजी र उद्धार कार्य जारी रहेको दूतावासले बताएको छ । 
दूतावासले उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्काइने जानकारी दिएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise