
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी पवन तामाङलाई पितृशोक परेको छ । काठमाडौंको बसुन्धरास्थित गाइडलाइन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.का सञ्चालक तथा प्रबन्ध निर्देशक तामाङका पिता विनोद तामाङको शनिबार अपराह्न निधन भएको हो ।
केही समयदेखि क्यान्सर रोगबाट पीडित स्व. तामाङको झापाको काँकडभित्तास्थित निजी निवासमा ६६ वर्षको उमेरमा निधन भएको हो । स्व. तामाङको भोलि आइतबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. तामाङका श्रीमती र २ छोरा रहेका छन् ।