२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

साहसिक पर्यटक लागि नेपाल उत्तम गन्तव्य : नवराज खड्का 

shivam cement
छबि सापकोटा
२०८२ असार ८ गते ०७:४७
साहसिक पर्यटक लागि नेपाल उत्तम गन्तव्य : नवराज खड्का 

विदेशी पैसा आर्जन गर्नका लागि पर्यटन व्यवसाय सबै भन्दा उपयुक्त माध्यम हो । प्राकृतिक, सांस्कृतिक र भौगोलिक अवस्थाको कारण समेत नेपालमा पर्यटकीय गन्तव्यको मुलुक नेपाल हो भन्न सकिन्छ । पयर्टन व्यवसायले देशको अर्थतन्त्र, व्यवसाय र रोजगारीको महत्वपुर्ण भूमिका निवार्ह गरिरहेको छ । नेपालमा पर्यटक क्षेत्रको व्यवसायिक सम्भावना र अवसरको बिषयमा युवा पर्यटन व्यवसायी नवराज खड्कासंग मध्यान्हका छबि सापकोटाले कुराकानी । 

नेपालमा पर्यटन व्यवसायको अवस्था कस्तो छ ? 

नेपालमा पर्यटन व्यवसाय सम्भावना नै सम्भावना भएको क्षेत्र हो ।  पर्यटन आगमन बढ्ने हो भने नेपाल पर्यटक व्यवसायको हव बन्ने निश्चित छ । विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा मध्ये सगरमाथासहित ८ वटा नेपालमै छन । हाम्रा हिमाल नै नेपाली पर्यटन व्यवसायीको लागि वरदान नै हो । नेपालमा आउने पर्यटकलाई नेपालका हिमालको फेदीसम्म पु¥याउने हो भने पर्यटक व्यवसायको लागि राम्रो अवसर हो । प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको पर्यटन व्यवसाय कोरानोको बेलामा थला नै प¥यो । कोभिडको बेला पर्यटन व्यवसायीलाई परेको पीडा  सरकारले देखेन । कोभिडको कारण समस्यामा परेर कतिपय व्यवसायी पलायन नै हुनु पर्ने अवस्था थियो । तर पछिल्लो दुई वर्ष देखि पर्यटन क्षेत्रले लय समातेको छ । बिस्तारै तग्रिदै गर्दा पर्यटन व्यवसायीमा केही उत्साह थपिदै गएको छ । अहिले कोभिड अगाडीकै अवस्था पर्यटन क्षेत्र आइसकेको अवस्था छ । सरकारले अन्तराष्ट्रिय रुपमा नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम गर्ने हो भने नेपालमा पर्यटकको आगमन बढ्ने देखिन्छ । 

पर्यटन व्यवसायीको लागि नेपालमा अवसर कति छ ? 

नेपाल पर्यटन व्यवसायीको लागि आगामी दिन निकै राम्रो देखिन्छ । अहिले जसरी नेपालमा विदेशी चेन होटलको रुपमा आएको पाँच तारे होटल निमार्णले समेत आगामी दिन भिआईपी पर्यटकको आगमन बढ्ने देखिन्छ । पर्यटन स्तरका होटल धमाधम देशैभर खुलिरहेका छन् । पर्यटक उद्योगमा लगानी बढीरहदा आगामी दिन पर्यटन आगमन बढ्ने नै देखिन्छ । पर्यटन लागि आकर्षण गर्न लागि अहिले स्थानीय सरकारले समेत आफ्ना पर्यकीय क्षेत्रको प्रवद्र्धन गरिरहेका छन् । नेपाल विशाल दुई छिमेकी मुलुक भारत र चीनको बीचमा हुदाँ पर्यटन ल्याउन निकै सहज छ । भारतीय पर्यटकको लागि हाम्रा धार्मिक स्थल छन भने चिनियाँ पर्यटकको लागि बुद्धको जन्मस्थल छ । छोटो समयको लागि दुबै देशबाट नेपालमा पर्यटन आइरहेको अवस्था समेत छ । अब पर्यटकको बसाई लम्बाउने कार्यक्रम गर्न सक्ने हो भने नेपालले अरु क्षेत्रबाट भन्दा पर्यटन क्षेत्रबाट छिटो लाभ लिन सक्छ । हाम्रो देशलाई प्रकृतिले नै धेरै नै दिएको छ तर सरकारमा नेतृत्व गर्नेले आफनो देशको महत्व बुझ्न नसक्दा देश पछि परेको हो । देशलाई आर्थिक समृद्ध बनाउने तर्फ लैजाने हो भने पर्यटन क्षेत्रको विकास गर्न आवश्यक छ । 

नेपाल छोडेर विदेश जानेको संख्या बढीरहदा किन नेपालमा अवसर देखेनन् ? 

नेपालमा काम गर्नेका लागि अवसर नै अवसर छ । तर सरकारको भूमिका कमजोर हुदाँ युवामा विचलन आइरहेको छ । युवा जनशक्ति पलायन हुँदै गर्दा सरकारले संम्भावना बाटो देखाउन नसकेकै हो । तर अहिले जसरी पढे लेखेका व्यक्तिमा समेत विदेश मोह देखिएको छ त्यसले नेपालको आर्थिक विकास नै पछि पार्न सक्छ । नेपालको सम्भावना र अवसरको चिन्न नसक्दा नेपालमा राम्रो व्यवसाय गरेकाहरु बिदेश गइरहेका छन तर उनीहरु त्यहाँ पनि सन्तुष्टि छैनन् । मोटो रकम लगानी गरेर विदेश गइरहेको छन त्यहाँ पनि सोचो जस्तो काम छैन भन्नेको संख्या धेरै छ ।  जसरी अहिले विदेश जानका लागि लाखौ खर्च गर्न तयार छन त्यसरी नै नेपालमा सानो भएपछि पर्यटनसंग सम्वधित व्यवसाय गर्ने हो भने पनि स्वदेश मै बसेर बिदेश भन्दा राम्रो गर्न सकिन्छ । 

नेपालमा पर्यटक आगमन बढाउन के गर्नु पर्छ ? 

नेपालमा आउने हरेक पर्यटक नेपालको प्राकृति सौर्दयताबाट मोहिन हुने गरेका छन् । यस्तै पर्यटकलाई नेपालको कुनै पनि स्थानमा गर्ने स्वागत संस्कारले पर्यटन उद्योगलाई नै धेरै नै फाइदा गरिहेको छ । नेपालको सस्कृतिक सम्पदा, नदीनाला, हिमाल, ताल, टे«किङ क्षेत्रमा पर्यटकहरु धेरै नै रमाइरहेका पाउछौं ।  निजी क्षेत्रले जसरी पर्यटन व्यवसायमा लगानी गरेका छन तर सरकारको भूमिका अझै पनि कम छ । पर्यटकसंग सम्वधित निकायले पर्यटक मैत्री नीतिमा ध्यान नदिदा केही समस्या छ । यस्तै सरकारले आन्तरिक पर्यटक प्रवद्र्धनको लागि दुई दिने विदा चर्चाले पर्यटन व्यवसायी उत्साहित थिए तर त्यो कार्यान्वयनमा आउन सकेको छैन । यस्तै पर्यटक पूर्वाधारको विकास निकै नै कमजोर छ । पर्यटकिय गन्तब्यसम्म पुग्ने पुर्वाधार निमार्ण ढिलाई हुदाँ त्यसको असर पर्यटन आगमनमा हुने गरेको छ । तर पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारहरु समेत पर्यटकीय गन्तब्यमा बजेट विनियोजन गर्ने काम गरिरहेका छ । हाम्रा पर्यटकीय गन्तव्यलाई अझै विकास गर्ने हो भने नेपाल पर्यटन व्यवसाय फस्टाउने देखिन्छ । 

अन्त्यमा, नेपाल आउने पर्यटक रोजाई केमा धेरै छ ? 

नेपाल आउने भारतीय पर्यटकहरु बिषेशगरी धार्मिक पर्यटक रुपमा आइरहेका छन भने भारत बाहेकका पर्यटकहरु भने साहसिक पर्यटन तर्फ केन्द्रित भएको देखिन्छ । साहसिक पर्यटकीय गतिविधि पछिल्लो समय नेपालमा बढीहरेको छ । हिमाल आरोहण, बञ्जी जम्प, जिपलाइन, ¥याफ्टिङ, जंगल सफारी, प्याराग्लाइडिङ, एडभेञ्चर राइडिङ, क्यानोनिङ जस्ता सहसिक पर्यटको रोजाइमा पर्ने गरेका छन् । नेपाल आउने अधिकांश पर्यटकमा हिमाली र पहाडी पदयात्रा धेरै आकर्षण देखिन्छ । अन्नपूर्ण पदमार्ग, भोटेकोशी र त्रिशुली ¥याफ्टिङ जस्ता कार्यक्रममा पर्यटनको रोजाई गर्ने गरेको छ । नेपाल वातावरण र प्रकृतिक हिमाबले सुन्दर मुलुक नै हो । नेपाल आउने जो केही मोहित नहुने कोही हुदैनन् । नेपाल आउदाँ छोटो समयको बिदा आउने पर्यटक धेरै हुन्छन तर नेपाल आएपछि समय कम हुदाँ पर्यटकहरु दोस्रो पटक पर्यटक आउने गरेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise