२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

विभागद्वारा तालिम संस्थाहरूलाई देशगत क्लष्टरमा विभाजन

shivam cement
२०८२ असार ९ गते ०६:१५
विभागद्वारा तालिम संस्थाहरूलाई देशगत क्लष्टरमा विभाजन

काठमाडौं : वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई देशगत क्लष्टरमा विभाजन गरेको छ । हाल काममा रहेका १४३ अभिमुखीकरण तालिम  प्रदायक संस्थाहरूलाई विभागले ७ वटा क्लष्टरमा विभाजन गरेको हो ।

विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ (दोस्रो संशोधनसहित) मा रहेको व्यवस्थाबमोजिम विभागको गत चैत १५ को सूचना र वैदेशिक रोजगार पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाले माग गरेबमोजिम साउन ५ गतेको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि अभिमुखीकरण तालिम प्रदायक संस्थालाई देशअनुसार समूहगत क्लष्टर विभाजन गरिएको बताएको छ । 

विभागले पूर्वप्रस्थान अभिमुखीकरण संस्थालाई गल्फ, मलेसिया, जापान र दक्षिण कोरिया, अन्य तथा युरोपेली मुलुक, इजरायल तथा अन्य युरोपेली मुलुक जस्ता समूह बनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise