२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी

shivam cement
शिव अधिकारी यदुवंशी
२०८२ असार ९ गते १४:५८
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको दुईदिने बैठकले सरकारलाई दिएको समर्थनबारे पुनः विचार गर्न संसदीय दललाई निर्देशन दिएको हो । 

बैठकपछि मध्यान्हसँग कुरा गर्दै जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना तथा संविधान संशोधनमा पूर्ण रूपमा असफल भएको निष्कर्ष पार्टीले निकालेको जानकारी दिए ।

‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’ सुमनले भने, ‘हामीले त्यो निर्देशन दिएका छौं । अब थप निर्णय संसदीय दलको बैठकले गर्छ ।’

यस्तै, केन्द्रीय कार्यकारिणी सदस्य तथा पार्टी महासचिव रामकुमार शर्माले पनि सरकारसँगको सहकार्यको औचित्य अब समाप्त भएको बताए । उनले सरकारले सत्ता साझेदारसँग न्यूनतम व्यवहारसमेत नगरेको आरोप लगाए ।

‘हामीले केपी ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गरेका छौं । सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न सकेन,’ शर्माले भने, ‘अब हामी यो सरकारको पापको भागीदार बन्न सक्दैनौं । छिट्टै संसदीय दलमार्फत समर्थन फिर्ता गर्छौं ।’

शर्माले सरकारसँग गरिएका समझदारी र वाचा समेत पालना नभएको गुनासो गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise